युआरएलमा युरिक एसिड जाँच सित्तैमा, थाइराइडमा आधा र अन्यमा ३० प्रतिशत छुट

चाडपर्व लक्षित विशेष छुट

युआरएलमा युरिक एसिड जाँच सित्तैमा, थाइराइडमा आधा र अन्यमा ३० प्रतिशत छुट

url feature

पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ ।

यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।

विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई यसले सेवा दिइसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले चाडपर्वका बेला सेवाग्राहीलाई उपहारमा रुपमा छुट योजना ल्याएको बताए ।

उनले भने, ‘स्थापनादेखि नै हामी सामाजिक उत्तरदायित्व बहन र गुणस्तरीय सेवामा प्रतिवद्ध छौँ । ठूला चाडवाडका बेला युरिक एसिड निशुल्कदेखि सबै जाँचमा छुट दिँदै छौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ