कास्कीको भुरुङ्दी खोलामा महिलाको शव फेला, स्पेनिश नागरिकको हुनसक्ने अनुमान

कास्कीको भुरुङ्दी खोलामा महिलाको शव फेला, स्पेनिश नागरिकको हुनसक्ने अनुमान

ghorepani

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ तिखेढुंगास्थित भुरुङ्दी खोलामा एक महिलाको शव फेला परेको छ ।

उक्त शव स्पेनिस नागरिक मोलास जुन्काको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार शव बिग्रिएर पहिचान गर्न कठिन हुने अवस्थामा छ । पोष्टमर्टमका लागि पोखरा ल्याइएको छ ।

अन्नपूर्ण-९ का वडाध्यक्ष रमेश गुरूङका अनुसार सोमबार साँझ माछा मार्न गएकाहरुले शव देखेका थिए ।

उनीहरूले प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार उद्धार गरेर पोखरा ल्याएको छ ।

जुन्का गत भदौ १० गते हराएकी थिइन् । खोलाछेउ उनीहरूको झोला, लठ्ठी र कपडा भेटिएको थियो । उनीसँगै हराएका इरिक कासानोभासको शव यसअघि नै फेला परेको थियो ।

उनीहरू दुबै जनाले घोरेपानी पुनहिल पदयात्रा जाने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को बिरेठाँटी चेकपोष्टमा भदौ ९ गते इन्ट्री गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ