सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको कति पुग्यो?

सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको कति पुग्यो?

gold

पोखरा । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोलाको एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि, सोमबार सुनको मूल्य तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो। सुनको मूल्यले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।

यस्तै आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोलामा एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ