एसइई पूरकको नतिजा सार्वजनिक, ५७ प्रतिशतलाई ग्रेड

नतिजा प्रकाशन

एसइई पूरकको नतिजा सार्वजनिक, ५७ प्रतिशतलाई ग्रेड

neb

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा प्रकाशन गरेको छ।

गत साउन महिनाको २३ गतेदेखि सञ्चालित पूरक परीक्षाको नतिजा बोर्डले सोमबार प्रकाशन गरेको हो। पूरक परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ।

बोर्डले जनाएअनुसार पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उतीर्ण भएका छन्।

एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो। निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ।

सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तिमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्ने परीक्षार्थीलाई ग्रेडिङ गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ