सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

chhabilal-joshi

पोखरा । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रहरीले जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा लगेको हो । जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी साँझ पोखरा ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की ल्याइएको हो ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ