पोखरा । सहकारी रकम अपचलन गर्ने रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् ।
सबैभन्दा रोचक दृश्य यस्तो देखियो कि, उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहँदा रास्वपाका कार्यकर्ताहरूले भने सभापति लामिछानेलाई फसाउन पाइँदैन भन्दै प्रदर्शन गरिरहेका थिए ।
पीडितहरूले रास्वपाका कार्यकर्ताहरु तिर फर्किएर सहकारी ठग मुर्दावाद नारा लगाएका थिए । सहकारीपीडितले जनतालाई ठग्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।
पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् । जिबी र रबिका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। त्यही समयमा सहकारी पीडितहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् ।
सहकारीको पीडितहरूले लामिछानेले पनि बचत अपचलन गरेको भन्दै गत माघमा जाहेरी दिएका थिए । र, पूरक जाहेरी अब प्रहरीले अगाडि बढाउने भएको छ ।
सम्बन्धित खबर
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ