वडा कार्यालयमा २ लाख रुपैयाँसहितको झोला फेला

वडा कार्यालयमा २ लाख रुपैयाँसहितको झोला फेला

viber_image

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ को वडा कार्यालयमा भवन भित्र नगद दुई लाख रुपैयाँसहितको झोला भेटिएको छ ।

वडासचिव अञ्जु गुरुङको कार्यकक्षको सोफामा अपरिचित व्यक्तिले उक्त झोला छोडेर गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार साँझ करिब ५ बजेतिर सोफामा खैरो रंगको पछाडि भिर्ने झोला भेटिएपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

उक्त सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले वडा सदस्यको रोहबरमा झोला खोलेर हेर्दा दुई लाख रुपैयाँ नगद तथा मोटरसाइकलको चाबी, हाफ पाइन्ट, टिर्सट र INSTA 360 लेखेको क्यामेरासमेत रहेको प्रहरीले जनाएको छ ।

नगदसहित सबै सामान वडा प्रहरी कार्यालयमा राखिएको र सम्बन्धित व्यक्तिलाई प्रमाणसहित लिन आउन आग्रह गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ