पोखरा । पोखरामा सूर्यदर्शन सहकारी पीडितले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
सोमबार दिउँसो सहकारीको रकम अपचलनमा संलग्न रहेका रविलाई पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रदर्शन गरेका हुन् ।
पीडितले रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहँदा रास्वपा समर्थकले भने रविलाई षडयन्त्र गरेर फसाउन खोजिएको भन्दै सरकारको बिरोधमा प्रदर्शन गरेका छन् । दुवै पक्ष विरोधमा उत्रिएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रशासन कार्यालय अगाडिको एक छेउमा सहकारी पीडित र अर्को छेउ (शहीद चोक) मा रास्वपाका कार्यकर्ताले नाराबाजी गरिरहँदा बीचमा सुरक्षाकर्मी तैनाथ थिए ।
सहकारी पीडितले ‘सहकारी ठग मुर्दाबाद’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कार्वाही गर’, ‘रवि लामिछानेलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए भने रास्वपाका कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् ।
साथै सरकारले सभापति रविलाई फँसाउन खोजेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको छ । कास्की प्रहरीले उनलाई आज अदालत पेस गर्दैछ ।
प्रहरीले जोशी विदेश जान लागेको सूचना पाएपछि पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको जनाएको छ । जोशी पक्राउ परेसँगै रवि लामिछाने पनि पक्राउ पर्ने आकलन भइरहँदा रास्वपाका कार्यकर्ता आन्दोलित बनेका हुन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो