मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]

https://youtu.be/uJ68LHU-y6E

मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]

Majdoor

फिल्म ‘वसन्त’ को निर्देशन गरिरहेका गायक प्रकाश सपुतको स्वरमा सचेतनामूलक भिडियो गीत युट्युबमा सार्वजनिक भएको छ।

उनी र अर्का गायक मिलन लामाको स्वरमा ‘मजदुर’ बोलको गीत सार्वजनिक भएको हो। यसमा वैदेशिक रोजगारीमा संलग्नहरूको स्वास्थ्य र सुरक्षा सचेतनाका कुरा गरिएको छ।

प्रकाशकै संगीत रहेका गीतका शब्द उनले दिल शिरिषसँग मिलेर लेखेका हुन्। संगीत संयोजनको काम सुदिप सागरले गरेका छन्।

भिडिओमा प्रकाश र मिलनसहित सन्दीपबाबु लोहनी र गणेश उपाध्यायले अभिनय गरेका छन्।

भिडिओलाई सुनिल बिकले निर्देशन गरेका हुन्। यसमा बुद्ध थापाको छायांकन, प्रविन भट्टको सम्पादन छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ