प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ताका अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्,‘मोदीजी छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि बैठकका दौरान भएको छ ।’
बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरे ।
भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो ।
भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो ।
बैठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको जानकारी दिए ।
चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यस अघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने