काठमाडौँ । यो वर्ष दसैँसम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि यो वर्ष दसैँसम्म मनसुन बाहिरिने सम्भावना कम देखिएको उल्लेख गरेका छन् ।
मौसम विज्ञान विभागले आगामी केही दिन देशभर मौसममा उतार चढाव भइरहने र वर्षाको सम्भावना रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आगामी मंगलबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन् । मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ ।
अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन् । भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन् ।
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भागमा मौसम आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
सोमबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने, थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । रातिको समयमा कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाएको छ ।
मङ्गलवार देशभर आंशिकदेखि साधरणतया बदली रहने, अधिकांश भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।
सम्बन्धित खबर
नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा
आजको मौसमः देशका अधिकांश भागमा सफा रहने
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री सवार जहाजसहित तीन जहाज डाइभर्ट
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला