पोखर । प्रसूति व्यथा च्यापेर सिकिस्त एक जना गर्भवतीको बाग्लुङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको आइतबार बिहान बुर्तिबाङबाट हवाई उद्धार गरिएको हो ।
व्यथा च्यापेपछि उनी शनिबार राति ९ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । आइतबार बिहान साढे ३ बजेदेखि उच्च रक्तचापले मुर्छा परेपछि श्रीपालीलाई काठमाडौं पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. नविन्द्र ढकालले बताए । उनलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल लगिएको छ ।
घुमफिरको सिजन भएकाले यो समयमा निजी कम्पनीको हेलिकप्टर उद्धारका लागि पाउन मुस्किल हुन्छ । निजी कम्पनीको हेलिकप्टर नपाइएपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गृह र रक्षामन्त्रीलाई सम्पर्क गरेका थिए । ‘मैले बिहानै ४ बजे खबर पाएको थिएँ । त्यसपछि मन्त्रालयको टिमले निजी हेलिकप्टर कम्पनीलाई सोध्यो । सबै रिजर्भ रैछन्,’ उनले भने, ‘गृह र रक्षामन्त्रीले सहयोग गर्नुभयो । त्यसपछि नेपाली सेनाको हेलिकप्टर बिहान बुर्तिबाङ गयो ।’
गर्भवती श्रीपालीको स्वास्थ्य रेखदेखमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो ।

सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला