सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

gold2

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार सात सय रुपैयाँले बढेको छ।

आज सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ