पोखरेली युवा अनिल खड्काको लगानीमा चलचित्र “आयन्शRaa +” बन्ने

पोखरेली युवा अनिल खड्काको लगानीमा चलचित्र “आयन्शRaa +” बन्ने

pho (1)

पोखरा । पोखराका सफल युवा ब्यबसायी अनिल खड्काले नेपाली कथानक चलचित्र निर्माण गर्ने भएका छन् दिवस फिल्म प्रोडक्सनको ब्यानरमा सत्यकथामा आधारित नेपाली कथानक चलचित्र “आयन्शRaa +” बन्ने भएको हो ।

निर्माता अनिल खड्काको जिवनकथामा आधारित यस फिल्मको शुक्रवार संविधान दिवसको अवसर पारेर फस्टलुक सार्वजानिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

पोखरेली जीवन, ड्रग्स, पैसा, रोमान्स, पीडा र सङ्घर्ष को समिश्रण रहेको “आयन्शRaa +” लाई दिनेश कुंवरले निर्देशन गर्ने भएका छन भने अन्य कलाकारको टुङ्गो लागि सकेको छैन । समग्र पोखरालाई समेटेर दशै तिहार पछि छायांकन गरिने बताईएको यश चलचित्रमा निर्माता अनिल खड्का एक्लैको लगानी रहने छ ।

स्मरण रहोस, दिवस फिल्म प्रोडक्सन् दुई साता अघि निर्माणको घोषणा गरेको फिल्म ज्ञानशास्त्रको धमाधम सुटिङ चलिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ