काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् ।
संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताए ।
संसदीय समितिको प्रतिवेदनले धेरै कुरा प्रष्ट पारिसकेकाले अब सभापति लामिछाने र उनी पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ ।
‘लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ । अब पनि गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन । हाम्रो पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस छ, त्यसैले उहाँले अनुसन्धानमा सहयोगका लागि तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट अलग रहनुपर्छ’, उनल भने ।
साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रतिवेदनले प्रष्ट पारिसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे ।
उनले भने, ‘सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ, कतिपयले त्यसमा नभएका कुरालाई पनि अतिरञ्जित गर्न थालेका छन् । यसमा सचेत हुनुपर्ने छ ।’
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले भने सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे अझै पुष्टि नभइसकेको दाबी गरे ।
सम्बन्धित खबर
‘पालिका चुनाव जित्न करोड, प्रदेशमा १० करोड, संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्था आयो’
०८४ को चुनावबाट राष्ट्रपति र प्रधानमन्त्री पाओस् भन्दै एमालेलाई भण्डारीको शुभकामना
‘पार्टी र संसद्को जिम्मेवारीबाट रवि लामिछाने र धनराज गुरुङ अलग हुनुपर्छ’: विभिन्न दलका नेताहरू
काँग्रेस एमालेको सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: देउवा
अबको चुनाव एक्लै लड्ने हो – प्रचण्ड
दशैं तिहारमा गाडीभाडा नबढ्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग