दशैं तिहारमा गाडीभाडा नबढ्ने

दशैं तिहारमा गाडीभाडा नबढ्ने

Pokhara Buspark 1

पोखरा । नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा भएको छलफलमा यायातात व्यवसायीबीच दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर विभिन्न ७ बुँदे सहमति भएको छ ।

छलफलमा इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि हुँदा गरिने वैज्ञानिक भाडा समायोजन र अन्य कारणले गर्नुपर्ने समायोजन छठपर्वपछि मात्र गर्ने सहमति भएको हो । छठपछिको एकसाता भित्र भाडादर समायोजन गर्न दुवै पक्ष सहमत भएको र सोही अनुसारको व्यवस्था मिलाउन यातायात भन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

यस्तै सरकारले सबै सडकहरुको मर्मतसम्भार घटस्थापना अघि नै गरिसक्न समेत विभागलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ