जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ७ वर्षीय बालकको मृत्यु

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ७ वर्षीय बालकको मृत्यु

balak

झापा । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एक बालकको मृत्यु भएको छ । दमक नगरपालिका ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको हो ।

‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । लामखुट्टेले टोकेको ६ देखि १६ दिनमा रोगका लक्षण देखा पर्छन् । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षाघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता जापानिज इन्सेफ्लाइटिस रोगका लक्षण हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ