त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायहरुमा आधिकारिक भाषा प्रयोग, पुनरुउत्थान र भाषिक–सामाजिक न्याय’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा आयोजित गोष्ठी शुक्रवार सम्पन्न भएको हो ।
गोष्ठीलाई भाषाविज्ञान विभागका प्रा. डा. बलराम प्रसाईंले परियोजनाको ‘पृष्ठभूमि र विकासक्रम’ का विषयमा जानकारी गराएका थिए। सो अवसरमा प्रा. डा. प्रसाईंले परियोजनाको विषयवस्तु गहन भएकाले चुनौतिका रूपमा रहेको पनि औँल्याए ।
परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. भिमलाल गौतमले ‘परियोजना र कार्ययोजना’ बारे सहजीकरण गरेका थिए । सात वटा प्रदेशबाट ५ सयभन्दा बढीसँग सर्वेक्षण तथ्याङ्क संकलन गर्ने कार्ययोजना रहेको डा. गौतमले जानकारी दिए ।
यस्तै तथ्याङ्कशास्त्री डा. दीर्घराज जोशी रेग्मीले ‘अनुसन्धान पद्धति र मात्रात्मक उपकरण’, डा. प्रेम प्रसाद पौडेलले ‘अनुसन्धान पद्धति र गुणात्मक उपकरण’, डा. हरिमाया शर्माले ‘गुणात्मक डेटाको लागि फिल्डको पूर्वतयारी’ र डा. विनोद यादवले ‘कार्ययोजनामा आधारित अनुसन्धाताहरुसँग समन्वय’ विषयमा सहजीकरण गरेका थिए ।
परियोजनामा भाषा विज्ञानका ‘एमफिल पिएचडी’ अध्ययनरत अनुसन्धाताद्वय शारदा सापकोटा र मोहन गुरुङ रहेका छन् । यस्तै गरी अर्का अनुसन्धाता श्याम कुमार शाह रहेका छन् ।
परियोजनाका लागि विभिन्न शिक्षाशास्त्री, नीति निर्माता, सामाजिक अभियन्ता आदिबाट अन्तर्वार्ता र छलफल विधिबाट पनि तथ्याङ्क संकलन गरिने र सोही अनुसारको विश्लेषण र प्रबोधीकरण गरिने प्रमुख अनुसन्धाकर्ता डा. गौतमले जानकारी दिए ।
यस्तै, भाषा विज्ञान विभागका प्रमुख सहप्राध्यापक डा.कर्णाखर खतिवडाले अनुसन्धानले नेपालको बाहुभाषिक भाषिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने बताए ।
कार्यक्रममा विभागका प्राध्यापकद्वय डा. कृष्ण चालिसे र डा. तारामणि राईले अनुसन्धाले नेपालको भाषा र भाषिकहरुको अवस्थाबारे सही अनुसन्धान हुने आशा व्यक्त गरे । अनुसन्धान अवधि साढे दुई वर्ष रहनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते