करेन्ट लगाएर माछा मार्ने वडा सदस्य सहित पाँच जना पक्राउ

करेन्ट लगाएर माछा मार्ने वडा सदस्य सहित पाँच जना पक्राउ

Arrested

करेन्ट लगाएर माछा मार्ने वालिङ् नगरपालिका -१३ का वडा सदस्य सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वालिङ् -१३ का २८ वर्षीय दिपक जिटि वडा सदस्य हुन् ।

उनी सहित रौतहट जिल्ला चन्द्रपुर नगरपालिका -१ घर भई मजदुरीका लागि वालिङ्मा बस्ने २५ वर्षीय मनोज साहानी, २८ वर्षीय सन्जय साहानी, ३२ वर्षीय बालकृष्ण साहानी र ४२ वर्षीय प्रमोद साहानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई माछा मार्न प्रयोग गरेका विद्युतीय सामाग्री र माछा सहित शनिबार वालिङ् -१ स्थित रामबाच्छाबाट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रानाले बताए ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ