दशैंको टीकाको उत्तम साइत ११:३६ बजे, अष्टमी र नवमी एकैदिन

दशैंको टीकाको उत्तम साइत ११:३६ बजे, अष्टमी र नवमी एकैदिन

dashain

पोखरा । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।

यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात् एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जनाएको छ ।

असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । कोजाग्रत पूर्णिमादेखि दशैं पनि सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ