आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईंदै

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईंदै

santi-dibas

पोखरा । आज अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ