एमाले नेता अर्जुनलाई मातृशोक

एमाले नेता अर्जुनलाई मातृशोक

aama arjun dai

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ ।

पोखरा १९ घार्मी निवासी अर्जुनकी आमा ६० वर्षीया दुर्गादेवीको शुक्रबार बिहान निधन भएको हो ।

२०२१ असोज ९ गते पोखरा १८ मेथ्लाङमा जन्मिएकी दुर्गाका श्रीमानको १० वर्षअघि नै मृत्यु भइसकेको छ । सामान्य उपचारका लागि शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी दुर्गाको जाँचकै क्रममा एक्कासी हृदयघातका कारण निधन भएको परिवारले जानकारी दिएको छ ।

दुर्गाको स्थानीय गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अर्जुन र २ छोरी छन् । दुर्गाको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता मायानाथ अधिकारी र भीमबहादुर कार्कीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । दुर्गाले घार्मीको विकास, निर्माण तथा महिला सशक्तीकरणको क्षेत्रमा योगदान गरेकी छन् ।

अर्जन हाल गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकीय सचिव छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ