संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण

संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण

Plantation

स्याङ्जामा संविधान दिवसका अवसरमा शुक्रबार तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण गरिएको छ ।

संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले असोज ४ गते पुतलीबजार नगरपालिका -३ स्थित सामुदायिक वन वाटिकामा वृक्षारोपण गरेको हो ।

पुतलीबजार नगरपालिका -३ स्थित तिलडाँडा सामुदायिक वन वाटिकामा धुपी, इपिलिपी, बकाइनो लगायतका बिरुवा वृक्षारोपण गरिएको साथै वन वाटिका क्षेत्रमा गोडमेल तथा सरसफाइ गरिएको जिल्ला मुल समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds