पोखरा । पर्यटनको राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिइएको छ । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वभर प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा फेस्टिभल हुन लागेको हो ।
बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ । यसका लागि आवश्यक तयारी भइरहेको छ । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा रहेको बलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।
उनका अनुसार यस फेस्टिभलमार्फत पोखरालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य छ । “कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास रहेको छ” उनले भने ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न र पर्यटन प्रवद्र्धन गर्न फेस्टिबलले योगदान गर्ने बताए । उनले यस फेस्टिभलले पोखराको पर्यटन क्षेत्रम थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइनेछ ।
फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक हप्तासम्म चल्ने महोत्सवमा करिब ५ सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब ३ हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैर व्यावसायिक उडान हुनेछ । फेस्टिभलका अवसरमा पोखरामा मिनि बल्न सो पनि हुनेछ ।
सो अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने साँस्कृतिक प्रदर्शनी पनि गरिनेछ । त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ ।
फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा घाइल्याण्डमा सम्पन्न ’इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने