संविधान दिवस : स्याङ्जामा प्रभातफेरी

संविधान दिवस : स्याङ्जामा प्रभातफेरी

Prabhatferi

स्याङ्जामा संविधान दिवसका अवसरमा बिहीबार बिहान प्रभातफेरी गरिएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले असोज ३ गते बिहान संविधान दिवसका दिन प्रभातफेरी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्राङ्गणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा राष्ट्रिय झण्डा सलामी अर्पण गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी बालमन्दिर चोक, अदालत लाइन, अभियानपथ, लोकतान्त्रिक चोक, बिपि चोक, हुलाक मार्ग, रेडियो चोक, सहिदचोक हुँदै पुन: प्रशासनको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सार्वजनिक संघसंस्था र आम नागरिकको सहभागितामा सहिद चोकमा प्रभातफेरी तथा सलामी अर्पण गरिएको जिल्ला मुल समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ