राष्ट्रिय शिक्षा दिवस : पदक पाउनेको नाम सार्वजनिक गरिँदै

राष्ट्रिय शिक्षा दिवस : पदक पाउनेको नाम सार्वजनिक गरिँदै

Education Ministry

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ । उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ ।

मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत् नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्या भूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवम् छात्रा पुरस्कारका लागि आवेदन माग गरेको थियो । तर, अर्थ मन्त्रालयले पदकका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि यो वर्ष पनि पदक नदिई घोषणा मात्रै गर्न लागिएको हो ।

गएको वर्ष समेत अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्थापन नहुँदा पदक मात्रै घोषणा गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ