स्याङ्जामा संविधान दिवस विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ तीन दिन मनाउन अपिल जारी गरेको छ ।
गत भदौ २८ गते भएको निर्णय अनुसार संविधान दिवस मनाउने मूल समारोह समितिबाट असोज २, ३ र ४ गते नेपालको संविधानका विषयमा केन्द्रीत रही तीनै दिन विशेष संवाद, परिसंवाद, सार्वजनिक सवारीसाधनमा राष्ट्रिय झण्डा फहराउन, आम नागरिकहरूलाई आआफ्नो घरको छत तथा बरण्डामा र सार्वजनिक निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा मर्यादापुर्वक राखी दीप प्रज्वलन गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिए ।
उनका अनुसार, नेपाल पत्रकार महासंघ लगायत स्थानीय विद्युतीय तथा छापा सञ्चार र रेडियोको माध्यमबाट संविधान दिवस तथा राष्ट्रिय दिवससङ्ग सम्बन्धित कार्यक्रमहरु संचालन तथा समाचार सम्प्रेषण गर्न, गराउन अनुरोध गरिएको छ ।
संविधान दिवसका अवसरमा गरिने विविध कार्यक्रममध्ये असोज २ गते नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतको राष्ट्रभक्तिको विषयमा केन्द्रीत रही विशेष संवाद, परिसंवाद लगायत आम जानकारीका लागि सूचना सम्प्रेषण गर्ने, विद्यालय तथा कलेजमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रम रहेका छन् ।
सोही दिन बिहान ८ बजे सदरमुकाम स्थित सहिद चोकमा रक्तदान कार्यक्रम रहेको छ र रक्तदाताहरु साथै स्याङ्जा कारागारका कैदीबन्दीहरुलाई फलफूल वितरण गरिनेछ । जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सार्वजनिक संघसंस्था र आम नागरिकको सहभागितामा सहिद चोकमा साँझ ६ बजे दीप प्रज्वलन गरिने छ ।
त्यस्तै, उपयुक्त दिन पारी वृक्षरोपण कार्यक्रम तथा पुतलीबजार नगरपालिकाका जेष्ठ नागरिक, अशक्त अपांग नागरिकहरुलाई पालिकाभित्रका स्वास्थ्य संस्थाहरु मार्फत घरघरमा निशुल्क स्वास्थ्य परिक्षण तथा सामान्य उपचार संचालन गर्ने कार्यक्रम रहेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाउने क्रममा असोज ३ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्राङ्गणबाट प्रभातफेरी कार्यक्रम गर्ने र सहिद चोकमा पुगेर ज्ञात- अज्ञात सहिदहरुको आत्माको चीरशान्तिको कामनसहित उच्च सम्मानका साथ श्रद्धासुमन सलामी अर्पण गरिनेछ ।
यसैगरी, असोज ४ गते पुतलीबजार नगरपालिका स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरुलाई हितकर शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला