पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा, चौलागाईं नयाँ प्रमुख

सरूवा

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा, चौलागाईं नयाँ प्रमुख

thapa chaulagain

पाेखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाकाे सरूवा भएकाे छ ।

दलबलसहित जापानकाे काेमागाने भ्रमणमा रहेका थापाकाे गृहमन्त्रालयमा सरूवा भएकाे छ ।

मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले थापासहितका सहसचिवकाे सरूवा गरेकाे हाे । थापा २०८० साउनमा सरुवा भइ पोखरा आएका थिए । त्यसअघि थापा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थिए ।

थापाकाे स्थानमा पोखरा महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउँदैछन्। चौलागाईं लामो समय हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ । बालेनसँग ट्युन मिलाएका उनी ८ महिनामै सरूवा भएका हुन् ।

काठमाण्डौं महानगरको नयाँ प्रशासकीयका रूपमा रुपमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई सरुवा गरिएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ