स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक

स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक

klsamf

गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेतर्फ आफ्नो र प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री पाठकले जनताको स्वास्थ्य र स्वास्थ्य क्षेत्र आफूहरुको प्राथमिकता रहेको सुनाए ।

मन्त्री पाठकले नसर्ने रोगको समस्यालाई स्थानीय तहसँग समन्वय गरी त्यसको न्यूनीकरण तथा रोकथामको प्रयास गर्ने, स्वास्थ्य क्षेत्रमा हुने बेथिति रोक्न प्रयास गर्ने बताए ।

उनले कोही कसैलाई पनि गलत काम गर्ने छुट नरहेको सुनाए । ‘संवेदनशील क्षेत्रमा काम गर्न आएका छौं, सीमित स्रोत साधनको प्रयोगले पनि सर्वसाधारणले स्वाथ्यको सुविधा पाउने र हरेक क्षेत्रमा नतिजा आउने गरेर काम गर्नुपर्ने छ,’ उनले भने ।

कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका, जिल्लाका १० स्थानीय तहका स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा गरेका काम र प्रगतिको समिक्षा गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ