नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

narayangarh mugling

फाइल तस्वीर

पोखरा । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी मात्रै यातायात सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत कार्य भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ