ट्रम्पमाथि फेरि गोली प्रहार

ट्रम्पमाथि फेरि गोली प्रहार

trump1

पोखरा । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ।

सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए। त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन्। यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो।

घटना हुँदा ट्रम्प पाँचौँ र छैटौँ होलको बिचमा थिए। शङ्कास्पद व्यक्ति धेरै परको होलमा थिए। फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन्। १३ जुलाइमा पेनेसेल्भिनयामा भएको घटनाको छानबिन गर्न गठित ६ डेमोक्र्याट र ७ रिपब्लिकको संसदीय समितिमा छन्।

ट्रम्पमाथि यसअघिसमेत गोली प्रहार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ