अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा

Tractor_niyantran

नदिजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने स्याङ्जा भीरकोट नगरपालिका वडा नं. १ का वडा सदस्य खुम बहादुर खाँणका २ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा सदस्य खाँणका दुवै ट्याक्टरलाई नदिजन्य सामाग्री सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैध ओसारपसारमा संलग्न ग १ त ७३३७ र प्र .२-०३-००१ त ४०१० नम्बरका ट्याक्टरहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि स्थानीय तह रहेको भीरकोट नगरपालिकालाई जिम्मा दिइएको डिएसपी रानाले बताए ।

भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामाग्री रातीको समयमा अवैध चोरी निकासी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अवैध चोरी निकासी नियन्त्रणमा खटिएको दहथुम प्रहरी चौकीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सवारी धनी एवं भीरकोट नगरपालिका वडा नं. १ का जनप्रतिनिधि वडा सदस्य खाँणको मिस्कट र बालुवाको स्टक प्रमाणित भएपनि ढुङ्गाको स्टक प्रमाणित नभएको र खरिद गरिएको बिल समेत नभएकाले नियन्त्रणमा लिइएको हो ।

दभङ्ग शैलीका प्रहरी नायब निरीक्षक प्रमोद कँडेल

दहथुम प्रहरी चौकीमा कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि प्रहरी नायब निरीक्षक प्रमोद कँडेलले अवैध गतिविधि विरुद्ध दभङ्ग शैलीमा एक्सनमा उत्रिने गर्छन् । उनले जिम्मेवारी सम्हालेपछी भीरकोटको शान्ती सुरक्षामा समेत सुधार भएको छ ।

उनी दभङ्ग शैलीमा एक्सनमा उत्रिने कारणले नै बजार क्षेत्रमा लागूऔषध दुर्व्यसनी, चोरी डकैँती , नदीजन्य सामाग्रीको अवैध चोरी निकासी तथा ओसारपसारका कार्यहरु नियन्त्रणमा आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ