पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

मूल्य घटबढ

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

Petrol-diesel-prices-hiked

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी यी तीन पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर पाँच/पाँच रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य एक सय ५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा एक सय ४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यो मूल्य तेस्रो वर्गअन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागू हुनेछ । यस्तै दोस्रो वर्गअन्तर्गत दाङ र सुर्खेतमा क्रमशः एक सय ५८ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा बाँकी पहिलो वर्गअन्तर्गतका क्षेत्रमा एक सय ५६दशमल५ रुपैयाँ र एक सय ४६दशमलव५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ