पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।
संघको ३५ औं महाधिवेशन अन्तर्गत भएको मतदानको अन्तिम परिणाममा प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले ४ सय ८८ बढी मत ल्याएर विजयी भएका हुन् । कुल २२४७ मत खसेकोमा अध्यक्षमा निर्वाचित कार्कीले १३ सय ३९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले ८५१ मत प्राप्त गरे ।
उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरे ।
संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।
यसैगरी खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ मत ल्याएर बिजयी भएका हुन् ।
त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याउँदा पराजित हुन पुगे ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो