पोउवा संघ निर्वाचन: सदस्यको मतगणना सकियो, विजयी १० जना नामावली र मतसहित

नयाँ नेतृत्व

पोउवा संघ निर्वाचन: सदस्यको मतगणना सकियो, विजयी १० जना नामावली र मतसहित

pcci-pic

पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फको मतगणना सकिएको छ ।

निर्वाचनबाट सदस्यमा ललितबहादुर कुँवर, देवेन्द्र प्रजू, सौगात थापा, दूधमान गुरुङ, भीम गौतम, टीकाराम सुवेदी, जीवनप्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी र यादवराज पोखरेल निर्वाचित भएका छन् ।

१० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रेमप्रसाद सुवेदी भने पराजित भएका छन् ।

अब पदाधिकारीतर्फको मतगणना सुरु गर्ने तयारी भएको छ । नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा २ हजार २ सय ५१ मत खसेको थियो । संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ