बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन

बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन

madhav-kumar-nepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा आफूहरू नरहेको बताएका छन्।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि अन्तिम श्रद्धाञ्जली दिन दिल्ली पुगेका नेपालले आइतबार पत्रकारसँग प्रत्यक्ष जितेर गएकाले समस्या निम्त्याउने पनि बताएका हुन्।

पछिल्लो समय प्रमुख नेताहरूले नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ भनिरहेको बेला नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचितले समस्या निम्त्याउने बताए।

उनले भने,‘ मत प्रत्यक्ष निर्वाचितको पक्षमा छैन, प्रत्यक्षले झन समस्या निम्त्याउँछ भन्ने मेरो मान्यता छ। व्यक्ति यिनै हुन। यिनैले प्रत्यक्षमा जितेपछि के हालत होला भन्ने अनुमान लगाउन सकिन्छ। एउटा पालिकाको प्रमुख जित्दा त हामीलाई कति हैरान भएको छ। देशको प्रमुख राष्ट्रपति हुने हो भने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने हो भने त्यसले के जटिलता ल्याउँछ भन्ने कुराको सन्दर्भमा विभिन्न देशको अनुभव हेर्दा थाहा हुन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ