पोखरा । नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।
नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवानको आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौं ।’ उनलाई शुभचिन्तकदेखि सेलिब्रेटीहरूले बधाई दिइरहेका छन् ।
उक्त तस्बिरमा उनले लगाएको टी–सर्टमा ‘सुन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी–सर्टमा ‘सुन टू बी ड्याडी’ लेखिएको छ ।
नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा काठमाडौंमा विवाह बन्धनमा बाधिएका हुन् । उनीहरू दुवै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनले ‘हामी तीन भाइ’, ‘सपना’, ‘त्रिशुल’, ‘युद्ध’, ‘बाटो मुनीको फूल’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । उनका श्रीमान् डाक्टर कटवाल मुटुरोग विशेषज्ञ हुन् ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते