सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले बढेको हो ।

आज सुनको मूल्य तोलाको एक लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि, शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ