ऐतिहासिक पदक विजेता पलेसालाई पोखरामा सम्मान

सम्मान

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरामा सम्मान

Palasa-samman

पोखरा । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् ।

उनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।

आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेका हुन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरे । महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

कास्की जिल्ला तेक्वान्दो संघले ५१ हजार रुपैयाँ प्रदान गर्दै पलेशालाई सम्मान गरेको छ । संघले प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ ।

पारा ओलम्पिकमा पलेशाले महिला ५७ केजीमुनिको विधामा ऐतिहासिक कास्य पदक हात पारेकी थिइन् ।

यसअघि उनलाई सरकारले सम्मान गरेको थियो । काठमाडौं महानगरपालिद्वारा उनी सम्मानित भएकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ