पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो ।
नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश दाहालको समूहले प्रथम स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही द्वितिय र सचिता सुवेदीको समूह तृतिय भयो । कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी प्रथम, रानी थापा र प्रभास सुनारको जोडीले द्वितीय र आरुसी भुजेलको समूह तृतिय भयो ।

यस्तै, कक्षा ३ तर्फ प्रथम रिवास थापाको समूह हुँदा खुशी प्रजाको समूह द्वितिय र आयान गुरुङको समूहले तृतिय स्थान प्राप्त ग¥यो । कक्षा ४ तर्फ बन्दना बालकोटी, विधाता पराजुली र एरिका पौडेल र विध्रिका पण्डितको जोडी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।
कक्षा ५ बाट रितिसा आचार्यको समूह, रिहाना त्रिपाठीको समूह र ग्रिस्मा भुसाल क्रमशः प्रथम, द्वितिय र तृतिय भएको विद्यालयले जनाएको छ ।
यस्तै, गायनतर्फ कक्षा २ र ३ बाट अभियाना पौडेल प्रथम दिपसन लामिछाने द्वितिय र रितिनराज रेग्मी र प्रनभ त्रिपाठी तृतिय भए । कक्षा ४ र ५ बाट अविन त्रिपाठी, आरभ जि.सी. र प्रिन्सा अधिकारी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुली, सह–प्राचार्य प्रदिप खनाल, बुद्धिमोहन पौडेल, अपरेसन इञ्चार्ज तारा केसी, कोर्डिनेटर भगवती सुवेदी, पद्मा पराजुली, निर्मला सुवेदी लगायतले प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य दिदै प्रतिभा माविमा अध्ययनरत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको बताए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेको पनि उनले बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो