लायन्सले मानवीय सेवामा गरेका कार्य उत्कृष्ट छन्: प्रदेश प्रमुख भट्ट

लायन्सको क्याविनेट मिटिङ

लायन्सले मानवीय सेवामा गरेका कार्य उत्कृष्ट छन्: प्रदेश प्रमुख भट्ट

bhatta lions (2)

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लायन्स क्लबहरुले मानवीयसेवामा गरेका कार्य अत्यन्त उत्कृष्ट रहेको बताएका छन् ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ उद्घाटन गर्दै उनले  नेपालमा लायन्सले शिक्षा, स्वास्थ्य, पर्यावरण र विपत व्यवस्थापनमा उल्लेख्य योगदान दिँदै आएको बताए । उनले भने, ‘बिशेष गरी अन्धोपन निवारणमा पुर्र्याएको योगदान, दादुरा रुवेला खोप, भूकम्प, बाढ़ी पहिरो एवं कोभिडको बेला नेपाली लायन्सले जनतालाई पुर्याएको सेवा कार्यले गर्दा नेपाली लायन्स नेपाली समाजमा झन मर्यादित भएको छ ।’

लायन्स क्लवको संगठन विस्तार हुनु राम्रो कार्य रहेको बताउदै भट्टले संगठन बिस्तारले वढी सेवाका अवसर प्राप्त ग़र्ने भनाई राखेका थिए । उनले यस बैठकको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना बनाउने सम्बन्धमा प्रभावकारी बन्न सकोस् भनि शुभकामना व्यक्त गरेका थिए ।

शनिबार पोखरा सभागृहमा सम्पन्न कार्यक्रम डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको अध्यक्षता, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यता, लायन्सका अन्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर राजन लम्साल र पोखरा महानगरपालिकाका प्रमुख एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले ‘मानवता हाम्रो प्राथमिकता’ भन्ने नाराका साथ सुरु भएको आफ्नो कार्यकालको २ महिना १३ दिनमा धेरै भन्दा धेरै सेवाका कार्य सम्पादन गर्न सफल भएको बताए । सम्पूर्ण लायन्सहरुको सहयोगबाट डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्तराष्ट्रियमा स्थापित गराउन मद्दत पुगेको बताउँदै अति नै उत्कृष्ट ढंगले डिष्ट्रिक्ट अगाडी बढ़ेको समेत जानकारी गराए । उनले भने, ‘लायन्सको अन्तर्राष्ट्रिय फोरममा बोलेका कुराहरू व्यवहारमा परिणत भएका छन्, विश्वभर रहेका ७६० वटा डिष्ट्रिक्ट मै डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लब एक्सटेन्सन र मेम्बरशिप ग्रोथमा विश्वको नम्बरमा पर्न सफल भएको गर्भनर ढुंगानाले जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि एलसिआइएफ एरिया लिडर राजन लम्सालले साढे दुई महिनाको छोटो अवधिमा डिष्ट्रिक्ट गभर्नर ढुंगानाको सफल नेतृत्वले नेपालका सबै लायन्सलाई गौरव महसुस गर्ने वातावरण बनेको बताउदै सर्भिस, फेलोशिप र लिड़रशिपमा पनि धेरै कार्यहरु सम्पादन गर्न सफल हुनुस् भन्दै डिष्ट्रिक्टले उत्साहका साथ काम गरिरहेकामा गभर्नरको खुलेर प्रशंसा गरे । लम्सालले भने तपाई तमाम लायन्सहरू निमको ज़रा हो गभर्नर केवल प्रतिनिधि पात्र हो भन्दै आफुले सक्ने योगदान पर्खेर नबस्न समेत आव्हान गरेका थिए ।

यसैगरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले डिष्ट्रिक्टले संचालन गरेका मानवता जस्ता सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदै महानगरसँग सहकार्य गर्न सकिने थुप्रै कार्यक्रम रहेको बताए । आचार्यले क्लब एक्सटेन्सन र मेम्बरशिप ग्रोथमा मात्र नभई सबै बिधामा उत्कृष्ट हुन समेत डिष्ट्रिक्ट गभर्नर ढुंगानालाई बधाई दिदैं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर निरा बज्रचार्य, एम का डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्याल, डिष्ट्रिक्ट ३२५ आई नेपालका आईपिडिजी चन्द्रकुमार केसी, एलका आईपिडिजी परमेश्वर बराल, पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, राजेन्द्र बाटाजु, ईन्दु लम्साल, बिशेश्वर आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीको संचालनमा रहेको कार्यक्रममा डिष्ट्रिक्टका प्रथम र द्वितीय भाईस गभर्नरद्वय पार्वती खरेल पाण्डे, सूर्यकुमार केसी र लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट मनीष अर्याल लगायतले डिष्ट्रिक्ट ३२५ आई नेपाल सबै हिसावले डिष्ट्रिक्टलाई विश्वसामु चिनाउन सफल रहेकामा डिष्ट्रिक्ट गभर्नर सबैको आशाको केन्द्र बिन्दु रहेको बताएका थिए ।

सो अवसरमा गभर्नर ढुंगानाले क्याविनेटमा रहेर उत्कृष्ट कार्य गर्ने डिष्ट्रिक्टका विभिन्न तहका पदाधिकारी, क्लब अध्यक्ष तथा क्लब पदाधिकारीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा झण्डै १ हजार बढ़ी लायन्स सदस्यहरुको उपस्थिति रहेको दोस्रो क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले बताए ।

मिटिङ सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराईको संयोजकत्वमा मूल आयोजक समितिसहित विभिन्न १९ उपसमिति बनाइएको थियो । आयोजक समितिबाट काठमांडौ, पोखरा र धवलागिरी क्षेत्रबाट सबै भन्दा धेरै रजिष्ट्रेसन गर्ने क्लबलाई पुरस्कृत समेत गरिएको थियो भने कार्यक्रम अवधि भर पोखराको लक्ष्य ब्याण्डले आफ्नो प्रस्तुति राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ