स्याङ्जाको पुतलीबजार नगरपालिका -३ गुडिखोलाकी जमुना कुमालको ओमनमा रहस्यमय मृत्यु भएको छ । हत्याको आशंका रहेकोले कुमाल परिवार न्याय खोज्दै हिँडेको छ ।
स्याङ्जाकी जमुनालाई चितवनका सन्तोष लोचन र सन्ध्या लोचनले राम्रो काम लगाइदिने आशमा ललाईफकाई गरी ओमन पुर्याएको उनको परिवारले बताएको छ । उनी पाँच महिना पहिले अवैध कामदारका रुपमा ओमन पुगेकी थिइन् ।
उनकी बहिनी प्रीति कुमालका अनुसार ओमनमा एजेन्टका रुपमा रहेका ओम पौडेलले घरबाट पैसा माग्न भनी दैनिक यातना दिन थालेका थिए । त्यतिबेलासम्म जमुना भने ओमनमा घरेलु कामदारका रूपमा रहेको बहिनी प्रीतिले बताइन् ।
‘सबै राम्रो हुन्छ पैसा कमाई हुन्छ भनेर यहाँबाट दिदीलाई लगे । सुरुको ४ महिना जति राम्रै थियो, त्यसपछि ओम पौडेलले एक लाख पैसा नदिए मारिदिन्छु भन्दै धम्की दिन थालेको कुरा दिदीले फोनमा हामीलाई बताइरहन्थिन् ।’ बहिनी प्रीतिको भनाइ थियो ।
बहिनी प्रीतिले भनिन् `दिदीले मारिदिन्छु भन्दै धम्काएका छन् भनेपछि हामीले ऋण खोजेर गरगहना बेचेर एक लाख रुपियाँ ओमनका ओम पौडेललाई पठाइदिएका थियौं ।´ उनले पैसा पाएपछि जमुनालाई एकदुई दिनमै घर फर्काइदिने भनेको भोलिपल्टै दूतावासमार्फत जमुनाको मृत्युको खबर पाएको बताइन् ।
जमुना कुमालको परिवार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जमुनाको हत्याको आशंकामा न्याय खोज्दै पुगेको छ । तर अवैध बाटोमार्फत घरेलु कामदार भन्दै ओमन पुगेकी उनको मृत्युको कारण के हो भनेर पत्ता लगाउन कठिनाई भएको छ ।
जमुनाको परिवारका सदस्य भावविह्वल हुँदै हत्या गर्ने दलालहरुलाई कडा कारबाही गरिदिन भन्दै न्याय खोज्दै अनुरोध गरेका छन् । जमुनाका बुबाले, ‘छोरी त मरिमरि तर हामी हत्याराहरुलाई सजाय भएको देख्न चाहन्छौं । सत्यतथ्य छानविन भई दोषीलाई कारबाही होस् ।´ भन्दै अनुरोधका साथ न्याय मागेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ