बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं २ नरेठाँटीको भुङ्खानी भन्ने स्थानमा आज बिहान भएको जीप दुर्घटनाप्रति गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शोक व्यक्त गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पाठकले तीन जनाको दुःखद निधन भएको र एक जना घाइते भएको खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् – ‘उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका गाउँपालिका उपाध्यक्षसहित ३ जना मृतकप्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु । यस दुःखद घटनामा परी परिवारका सदस्यको निधनबाट शोकमा पर्नुभएका आफन्तजनहरुप्रति हार्दिक समावेदना प्रकट गर्दछु । साथै, यस दुर्घटनावाट घाइते हुनुहुने वर्ष २९ का सवारी चालक प्रेमवहादुर पुनको हाल धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
उनले यस दुःखद घटनामा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तर्फवाट आवस्यक सहयोग र सहकार्यको लागी प्रतिवद्दतासहित सम्पूर्ण सरोकारवाला निकायमा आवश्यक सहयोगको लागि अपिल पनि गरेका छन् ।

आज बिहान करिब ९ बजेको समयमा रुकुम पूर्वको पृथा उत्तरगंगा गाँउपालिका उपाध्यक्ष सवार भएको रा.१. झ.२०० नम्बरको गाडी ढोरपाटनमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी गाँउपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, ६१ वर्षिया आमा गोपीमाया बुढा र सोही गाँउपालिकाका वडा नं २ का वडा अध्यक्ष जसवहादुर श्रीपाली सहित तीन जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो