एकैदिन ३ हजार रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

एकैदिन ३ हजार रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि हिजो सुनको मूल्य तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ