बागलुङमा जीप दुर्घटनाः एक जनाको पहिचान खुल्यो

दुर्घटना

बागलुङमा जीप दुर्घटनाः एक जनाको पहिचान खुल्यो

रुकुमपूर्वको पुथाउत्तरगंगाकी उपाध्यक्ष बुढाको मृत्यु

Bhupndra_Budha

शुक्रबार बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु हुने एक जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेकी छन्। अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी छ।

आज बिहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका- २ भुङखानीमा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार सो गाडीमा उपाध्यक्ष बुढासहित पालिकाका कर्मचारीहरू सवार थिए। तर, पहिचान खुलेको छैन।

केही समय अघि काठमाडौं आएकी बुढा फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ