मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा

मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा

sher-bahadur-deuba-sad

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका हुन्।

‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने।

त्यसकारण पार्टीको चिन्ता अब आउने नेताहरूलाई बढी गर्नुपर्ने देउवाले बताए।

‘भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ,’ उनले भने।

उनले भोलिका दिन चुनौतीपूर्ण र अवसरले भरिएका रहने पनि बताए। त्यसो हुँदा नयाँ आउने नेताहरूलाई दुवैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका छन्।

‘चुनौतिको सामना गर्दै अवसरहरूलाई पनि बढी फाइदा लिँदै अझ बढी समन्वयात्मक रूपमा अगाडि बढाउँदै जानुपर्छ,’ उनले भने।

भोलि नेतृत्वमा आउने नेताहरूले आजैदेखि काम गर्नुपर्ने पनि सभापति देउवाले बताए।

‘अहिलेदेखि नै लाग्नुस्। गाली गरेर हुनेवाला केही छैन। काम गरेर देखाउनुस्,’ उनले भने।

देउवाले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरू सक्रिय रहेकाले एकतावद्ध भएर पार्टी बलियो बनाउनुपर्ने जोड दिए।

कांग्रेस र एमालेको सत्ता समीकरण र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति भएपछि पार्टीभित्र उत्साह बढेको देउवाको दाबी छ।

‘यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन्। अझै फर्काउने काममा लाग्नुपर्छ। पार्टी कमजोर बनाउनेहरु अझै छन्। हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्छ,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ