बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

दुर्घटना

बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

galkot-accident-1

बागलुङ । बागलुङको  गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन् ।

प्रहरीका अनुसार गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बाग्लुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ