मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?

मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?

metmani-chaudhary-2

नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको हो भनेका थिए । त्यही विषयलाई लिएर पार्टीले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो ।

पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, “अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अङ्ग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ