‘पर्यटन व्यवसायी भन्न रुचाउँछु’: कान्छा उम्मेदवार सौगात [भिडियो]

पोउवा संघ ३५ औं महाधिवेशनः

‘पर्यटन व्यवसायी भन्न रुचाउँछु’: कान्छा उम्मेदवार सौगात [भिडियो]

saugat

पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशन शुक्रबार र शनिबार पोखरामा हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु यतिबेला मत माग्न ब्यस्त छन् । उनीहरुले घरदैलो अभियान सकाएका छन् ।

अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलबाट कार्यसमिति सदस्यका कान्छो उम्मेदवार हुन् सौगात थापा । यो प्यानलले विहीबार पोखरामा उम्मेदवार परिचय कार्यक्रम पनि राख्यो । सो क्रममा उम्मेदवार थापाले पर्यटन व्यवसायीको पहिचानले आफू चिनिन लागेको बताए ।

पर्यटकीय राजधानी पोखराको व्यवसायिक घराना थापा परिवारको कान्छो पुस्ता सौगातले अन्य क्षेत्रमा पनि लगानी रहेपनि आफूलाई पर्यटन व्यवसायीका रुपमा चिनाउन चाहेको उल्लेख गरे ।

उनले भने – म पर्यटन व्यवसायी भन्न रुचाउँछु । मैले पर्यटन व्यवसायीको समस्यालाई नजिकबाट बुझेको छु । हाम्रो टीमलाई जिताउनुभएमा समस्याको सम्बोधनका लागि हामी सँगै हुनेछौं ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ