रास्वपाबाट हटाइएका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

रास्वपाबाट हटाइएका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

लागूऔषध बिक्री गरेको आरोप

Dhaka-Kumar-Shrestha-11

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हटाइएका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

लागूऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित दिया फार्मेसी सञ्चालक हुन् । गत साउन ३ मा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

श्रेष्ठ विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

श्रेष्ठ समानुपातिकबाट सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाइँसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ